ओलीको गृहजिल्ला पुगेर प्रचण्डले भने ‘आगामी निर्वाचन झापाबाटै लड्छु’ 

1.01K
shares

पूर्वप्रधानमन्त्री एवं नेकपा मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८४ सालमा झापाको कुनै क्षेत्रबाट निर्वाचन लड्न सक्ने संकेत गरेका छन् ।

आइतबार झापाको बिर्तामोडमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अधक्ष्य प्रचण्डले झापामा माओवादीप्रतिे आकर्षण बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा झापाबाट नै टक्कर दिने मनस्थिति सृजना भएको बताए ।

‘जित सत्य र न्यायको हुन्छ कि, बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु, प्रचण्डले भने, तेस्रो कार्यकालमा जनताको पक्षमा सकेजति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन भन्ने अपेक्षा पार्टीको छ ।’

आगामी निर्वाचनबाट नेकपा माओवादी पार्टी मुलुककै ठुलो दलका रुपमा उदाउने उनले बताएका छन् ।

मोरङ, सुनसरी र झापाका बिभिन्न कार्यक्रममा सहभागी हुन पुर्व आएका प्रचण्डले ६४ सालमा माओवादीलाई मत दिएका मतदाताको जिल्ला तहका नेतालाई मनोबिज्ञान बुझ्न निर्देशन दिएका छन् । उनले ६४ मा मत दिने जनतासँग माफी माग्न, बिदेश गएका नागरिकको सुचि तयार गर्न र ६४ को निर्वाचनका समयमा नाबालक रहेका जनताको मनोबिज्ञान अध्ययन गरेर उनीहरुको अपेक्षा अनुसार अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

दुनियाँमा कतै नभएको पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने काम नेपालमा भएको उनले बताए । भारत र अमेरिका लगायतका देशको उदाहरण दिदै प्रचण्डले अप्राकृतिक गठबन्धनबाट बनेको सरकार धेरै समय नजाने टिप्पणी गरे । उनले ८४ सालसम्म माओवादी सरकारमा नजाने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपा एमालेका पुराना नेता तथा तत्कालिन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धु कन्दङवा, एमालेका जिल्ला नेता सिता रणपहेली, मोहन योगी, जगत राई लगायत २ सय नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको थियो ।