दोलखाको भिमेश्वर पाखलतीमा दुई सय महिलाहरुको पाठेघर जाँच

1.94K
shares

दोलखाको भिमेश्वर नगरपालिका–२ पाखलतीस्थित स्वास्थ्य चौकीमा स्थानीय दुई सय महिलाहरुको पाठेघर जाँच तथा परामर्श साथै सर्जिकल क्यान्सर सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ ।

समाजसेवी दिपमणि राजभण्डारीको पहलमा रोटरी क्लब अफ ओकल्याण्ड र रोटरी क्लब अफ बयरा अमेरिकाको सहयोगमा स्वास्थ्य जाँच गरिएको हो ।

नेपाली कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठका अनुसार जनस्वास्थ्य सरोकार ट्रष्ट (पीएचइसिटी)को प्राविधिक सहयोग र काडमाण्डु मोडेल अस्पतालका बरिष्ठ विशेषज्ञ डाक्टरहरुहरुको सहयोगमा ३० देखि ६० बर्ष उमेर समूहका महिलाहरुको निशुल्क जाँच गरिएको हो ।

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने अत्याधुनिक प्रविधिसहित स्वास्थ्य जाँच गराउन पाउँदा स्थानीय महिलाहरु खुशी भएको वडा नम्बर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले बताए ।

‘सर्भाइकल क्यान्सर स्क्रीनिङ एण्ड टेस्टिङ प्रोग्राम’मार्फत एचपिभी डिएनए टेष्ट ल्याब मेसिन हस्तान्तरण गरिएको थियो । सोही मेसिनका लागि आवश्यक पर्ने पीसीआर भ्याक्सिन (रिएजेन्ट केमिकल) सोहीबेला उपलब्ध गराइएको थियो ।