राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र केएमसीबीच स्वास्थ्य सम्झौता 

1.34K
shares

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

अपाङ्गता भएकाहरुलाई उपचार गर्ने सम्बन्धी आठ बुँदे सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्माले तथा अपाङ्ग संघबाट केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार संघको सिफारिसमा केएमसीमा स्वास्थ्योपचारमा आउने अपाङ्गता भएका बिरामीलाई बहिरङ्ग विभागमा २५ प्रतिशत र भर्ना भइ उपचार गराउँदा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Details in pdf

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र केएमसीबीच स्वास्थ्य सम्झौता