प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण मान्य हुँदैन : एमाले
वि.सं.२०८३ जेठ २७ बुधवार १७:१०
13
shares
shares

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालको प्रष्टीकरण मान्य नहुने बताएको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताएका हुन् ।
‘जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ । परराष्ट्रमन्त्रीले जवाफ दिएर हुँदैन । किन कि यो उहाँको अभिव्यक्ति नै होइन,’ उनले भने, ‘सदनको संकट प्रधानमन्त्रीकै अभिव्यक्तिको कारण आएको हो । संकट समाधान नभएसम्म देशको गरिमाको निम्ति संघर्ष जारी राख्नेछौं ।’













