उच्चस्तरीय समिति र सेवा प्रदायक निकाय छुट्याउने विषय मन्त्रीपरिषदमा प्रस्तुत
वि.सं.२०८१ भदौ ३१ सोमवार १०:२३
shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई उडड्न क्षेत्रलाई सुरक्षित गर्न र हवाइ रुटको अनुमतिका सम्बन्धमा विभिन्न मुलुकहरुसँग सकरात्मक संवाद भएको बताएका छन् ।
हालै नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा महेन्द्रनगर नेपालगन्ज हवाई रुटका विषयमा भारतीय नागरिक उड्डयनमन्त्रीसँग सकरात्मक कुरा भएको उनले जानकारी दिए ।
त्यस्तै विभिन्न देशमा नेपालबाट सिधा उडानका सम्बन्धमा प्रशस्त छलफल भएको उनले जानकारी दिए । ‘कार्ययोजना अनुसार सिधा हवाई उडान गर्ने सवालमा विभिन्न देशका मन्त्रीहरुसँग कुरा भयो । सम्बन्धित देशका एयरलाइन्सहरुलाई यता आकर्षित गर्न आग्रह गरेको छु । भियतनाममा धेरै बौद्ध धर्मावलम्बीहरु हुनुभएकाले उहाँहरुलाई लुम्बिनीसम्म ल्याउन पहल भएको छ । अष्ट्रेलियासम्म सिधा हवाई उडान एवम जापानसँग उडानसँग सकरात्मक संवाद भएको छ,’ उनले भने,‘आईकाओ र ईयूका प्रतिनिधिहरुसँग सकरात्मक कुरा भयो । नेपालको हवाई आकाश सुरक्षित छ भन्ने सावालमा छलफल भएको छ । चाँडै परिणाम आउनसक्छ ।’
त्यस्तै उनले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक मन्त्रिपरिषद्मा पेश भइसकेको जानकारी दिए ।
details in pdf
उच्चस्तरीय समिति र सेवा प्रदायक निकाय छुट्याउने विषय मन्त्रीपरिषद्मा











