न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस
वि.सं.२०८१ भदौ ३१ सोमवार १७:२७
1.4K
shares
shares

संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशको पदको लागि सिफारिस गरेको छ। सोमबार भएको परिषद्को बैठकले यो सिफारिस गरेको हो।
हालको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन्। श्रेष्ठपछि दोस्रो वरीयतामा रहेका राउतलाई प्रधानन्यायाधीश नियुक्त गरिएमा उनले १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन्। संवैधानिक परिषद्ले सिफारिस गरेपछि राउतको नाम संसदीय सुनुवाइको लागि पठाइनेछ। संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको पदमा नियुक्त गर्नेछन्।












