अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, सबैभन्दा कम योगदान कर्णालीको
वि.सं.२०८३ जेठ १३ बुधवार १४:१०
shares

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब बढी पुगेको हो ।
अर्थमन्त्री वाग्लेका अनुसार अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ । जसले ३६.७ प्रतिशत हिस्सा ओगटेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको अर्थमन्त्रीले उल्लेख गरे । नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अधिक रहने देखिएको छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने देखिएको छ । यस अवधिमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ पुगेको छ ।
त्यस्तै, खर्चयोग्य आय २ हजार ५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।











