प्रदेश संरचना कुनैपनि हालतमा हट्दैन, थप उत्तरदायी बनाउँछौं : देउवा
वि.सं.२०८१ असोज १ मंगलवार ११:३७
shares

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले इतिहासले गरेका गल्तीहरु अझैपनि समाधान गर्न नसकिएको बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित नेपाली कांग्रेसद्वारा आयोजित ‘संविधानको एक दशक–कार्यान्वयन र चुनौती’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विभिन्न जातजातिले बनेको देश नेपालमा अझैपनि विभाजन रहेको भन्दै उनले कतिपय कुराहरु कानूनी रुपमा समाधान भएतापनि अझैपनि व्यहारमा भने लागू हुन नसकेको बताए ।
उनले भने,‘एउटा कुरा स्पष्ट छ । नेपाल विभिन्न जातजातिले बनेको देश हो यो । तर अझैपनि विभाजन छ । इतिहासले गरेका गल्तीहरु अझैपनि समाधान गर्न सकिएको छैन् । त्यसैले छुवाछुतलगायतका जस्ता कतिपय कुराहरु अझैपनि कानूनी रुपमा समाधान भएतापनि व्यहारमा भने लागू भएको छैन् ।’
उनले प्रजातन्त्रको लागि विद्यार्थी कालदेखि नै जेलनेल भोगेको पार्टी भएका कारण कुनैपनि हालतमा प्रजातन्त्रको खिलाफको काम नगर्ने प्रतिवद्धता जनाए । प्रजातन्त्र अझ कसरी मझबुद बनाएर अगाडि बढाउने र जनताकाप्रति अझ बढि जवाफदेही बनाउने कुरा आजको आवश्यकता रहेको उनको भनाइ छ ।
details pdf











