देशमा पर्यटकको संख्या वृद्धि गर्न सरकारदेखि व्यवसायी सबै लागेको छ : अध्यक्ष शाह

1.13K
shares

होटल संघ नेपालको अध्यक्ष विनायक शाहले नतिजामूलक र जनतालाई फाइदा दिने काममा सबै तत्पर भएर लागेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पर्यटक भित्राउने र जनतालाई फाइदा दिने काममा सरकार, पर्यटन बोर्ड लगायत सबै लागेको बताए ।

उनले भने, ‘हामीले जुन काम गरिरहेका छौ, त्यसले नतिजा दिनुपर्छ । काम मात्र गरेर त भएन, बढिभन्दा बढि पर्यटक ल्याउने, देश र जनतालाई फाइदा दिने खालको कामको लागि सरकार, पर्यटन बोर्ड लगायत हामी सबै जना लागेका छौ । सबै जना मिलेर अगाडि बढेको खण्डमा नयाँ प्रयोग र विकास सम्भव हुन्छ ।’

यस्तै, उनले एनआरएनएहरुले अन्तराष्ट्रिय स्तरमा नेपालको प्रमोशन गर्नको लागि प्रत्यक्ष योगदान गर्ने गरेको पनि बताए ।

उनले भने, ‘एनआरएनएहरुले विदेशमा बसेर उल्लेखनिय काम गरेर सफलता हासिल गर्नु भएका व्यक्तित्वहरुको समूह यसमा संलग्न हुनुहुन्छ ।