हिक्मत कार्कीले दोस्रो पटक विश्वासको मत लिँदै

2.29K
shares

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की आज दोस्रो पटक विश्वासको मत लिने तयारीमा छन्। यसका लागि बैठक आज दिउँसो १ बजे आयोजित गरिएको छ।

नेकपा माओवादी केन्द्रले १४ भदौमा आफ्नो समर्थन फिर्ता लिएपछि कार्कीले यो महत्वपूर्ण कदम चालेका हुन्। उनले २७ वैशाखमा तेस्रो पटक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै ३१ बैशाखमा पहिलो विश्वासको मत प्राप्त गरेका थिए।