राष्ट्रिय स्वतन्त्र पार्टीमा १ लाख ४० हजार सदस्य रहेकाे जानकारी
वि.सं.२०८१ असोज २ बुधवार ०८:२४
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २६ महिनामा पार्टी सदस्यको संख्या १ लाख ४० हजार पुगेको जानकारी दिएको छ।
मंगलबार प्रारम्भ भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार बागमती प्रदेशमा सदस्य संख्या सबैभन्दा धेरै र कर्णालीमा सबैभन्दा कम रहेको उल्लेख छ।
रास्वपाको प्रतिवेदनमा बागमतीमा ४१,३३४, कोशीमा २२,८५६, मधेसमा ११,४३३, गण्डकीमा १९,२०३, लुम्बिनीमा २३,३०३, सुदूरपश्चिममा १६,६७७ र कर्णालीमा ५,३८६ सदस्य रहेका छन्।
बुर्लाकोटीका अनुसार संघीय निर्वाचन क्षेत्रका १६५ मध्ये १४८ क्षेत्रमा संगठनको निर्माण भएको छ।
संगठनको संरचना अनुसार कोशीका १३६ पालिकामध्ये ६९, मधेसका १३६ मा ४६, बागमतीका ११९ मा ९३, गण्डकीका ८५ मा ४२, लुम्बिनीका १०९ मा ७६ र सुदूरपश्चिमका ८८ मा ५२ पालिकामा संगठन क्रियाशील छ।











