दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति

1.91K
shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अदालतको अनुमति प्राप्त गरेको छ।

जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले न्युनइन नेपाललाइ जानकारी दिएका छन्।

साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो, जसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालतमा पुगेको थियो।

बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। प्रसाईंसहितका व्यक्तिहरूलाई पक्राउ गर्नका लागि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो।