रास्वपाका सांसद पराजुली भन्छन् _ सहकारीको रकम अपचलन गर्ने माथि कानुनी कारबाही गर्नुपर्छ
वि.सं.२०८१ असोज २ बुधवार १३:२३
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कानुन अनुसार सहकारीको रकम अपचलन गर्ने माथि कानुनी अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौँमा जारी पार्टीको राष्ट्रिय भेलामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम अपचलनमा नजोडिएको भन्दै रकम अपचलन गर्ने माथि कानुनी अनुसन्धान गरी कारबाही गर्नुपर्नेबताएका हुन् ।
उनले भने ‘सम्बन्धित सरकारीले पैसा दिँदाखेरी गैरकानुनीरुपमा दियो कि कानुनीरुपमा दियो कि कसरी दियो भन्ने कुराको सर्वाधिकार सहकारी, सहकारी सञ्चालक समितिसँग हुन्छ । देशमा कानुन छ र कानुनले अनुसन्धान गर्नुपर्छ छानविन गर्नुपर्छ । र, अपचलन गर्नेहरुलाई कारबाही गर्नुपर्छ भन्नेमा कहिकतै दुई मत छैन ।’
उनले थप भने ‘सहकारीबाट ऋण लिएर गोर्खा मिडियामा तलब बाड्नु , पत्रकारहरुलाई ज्याला दिनु र त्यो कम्पनि चलाउने प्रकृया भित्र खर्च गर्दाखेरी कुनै अनियमतता भएको रहेछ भने राज्यले अनुसन्धान हो नि त ! चियरम्यानले पैसा कहाँबाट ल्याउनु भयो भन्ने सर्वाधिकार चियरम्यानको हो । त्यसैले चियरम्यानलाई प्रक्राउ गरी अनुसन्धान गर्ने कि बिदेश भगाउने ? ’
सभापति लामिछानेले गोर्खा मिडियामा भएको अनियमततामा सरकारले दोषि देखाए कारबाही भोग्न तयार भएको सांसद पराजुलीले बताए । उनले सहकारी ऐन २०७४ र नियमावली २०७५ ले कानुनी निर्देशन दिएपनि राज्यले व्यवस्थित संयन्त्र बनाउन नसकेको बताए ।











