‘ठूला दुई दल देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न एक भएका हौं’

1.25K
shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले, ठूला दुई दल राजनीतिक स्वार्थको लागि नभएर देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न एक भएको बताएका छन् ।
बुधबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा आयोजित ‘संविधान र संस्कृति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न ठूला दुई दल एक भएको भन्दै यसलाई राजनीतिक स्वार्थको रुपमा नलिन आग्रह गरे ।
उनले भने, ‘नेकपा एमाले र कांग्रेस एक ठाउँमा आएका छन् । यो दुई वटा पार्टी एक ठाउँमा आउने कुरालाई केवल हामीले राजनीतिक अर्थमा बुझ्यौं अथवा कांग्रेस एमाले लगायतका पार्टीलाई केवल राजनीति अर्थमा बुझे । अरु साना दलहरुलाई खुम्च्याउने, ठूला दुई दलको सिन्डिकेट कायम गर्ने फेरि राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले मात्रै हामीले बुझ्यौं भने संस्कृतिको सम्मान गरेको भन्ने बुझिदैन् । दुई ठूला दल एक ठाउँमा आउनुको कारण देश अप्ठ्यारोमा छ ।

हामी आफ्ना इगोहरुलाई, प्रतिस्पर्धालाई विराम गरेर देशको परिवर्तनको लागि एक भएका हाैँ ।’