सांगठनिक कार्यदिशालाई आवश्यक परिमार्जन गछौं : सभापति लामिछाने

1.35K
shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय भेलाले शान्तिपूर्ण, बलियो र जनपक्षिय विकास गर्न पार्टीलाई दिशा निर्देश गर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय भेलाको दोस्रो दिन आफ्नो राजनीतिक प्रतिवेदन सार्वजनिक गर्दै उनले करिब दुइ वर्षे यात्राको गहन समिक्षासहित राजनीतिक र सांगठनिक कार्य दिशालाई आवश्यक परिमार्जन गर्ने उद्देश्यका साथ राष्ट्रिय भेला आयोजना गरेको बताएका हुन् ।
सोही अवसरमा उनले पार्टीलाई आजको अवस्थामा पु¥याएका सबैलाई धन्यवाद पनि दिएका छन् ।
उनले भने, ‘करिब दुइ वर्षे यात्राको गहन समिक्षासहित राजनीतिक र सांगठनिक कार्य दिशालाई आवश्यक परिमार्जन र परिष्कृत गर्ने उद्देश्यका साथ यो राष्ट्रिय भेलामा उपस्थित भएका छौ । रास्वपा मार्फत नेपाली राजनीतिक इतिहासमा पहिला कहिले नभएको सचेत शान्तिपूर्ण र परिवर्तनलाई बलियो र जनपक्षिय बनाउन तथा पार्टीलाई जनस्तरमा थप विस्तार सुदृढ बनाउन यो भेलाले स्पष्ट दिशा निर्देश गर्नुपर्ने भएकाले विना पूर्वाग्रह छलफल गर्न आग्रह गर्दछु ।’
यसको साथै, उनले रास्वपाको संसदीय उपस्थिती राजनीतिक अभ्यासको फरक पृष्ठभूमिमा स्थापित निलो क्रान्ति भएको भन्दै पुराना राजनीतिक दलहरुप्रतिको वितृष्णाका कारण सम्भव भएको बताए ।