नीति निर्माणको तह गन्जागोल अवस्थामा छ : शंकर पोखरेल

2.3K
shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीति निर्माणको तह गन्जागोल अवस्थामा रहेको बताएका छन् ।

बुधबार नेपालमा रेल्वे विकासको रोडम्याप कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीति निर्माणमा कसैले आर्थिक रुपमा हेर्ने तथा कसैले सामाजिक कोणहरुबाट हेर्ने प्रवृत्तिले  नीति निर्माण गन्जागोल भएको बताएका हुन् ।

उनले भने, ‘हामी नीति निर्माणको तहमा अत्यन्तै गन्जागोल अवस्थामा रहेका छौं, सरोकार राख्ने निकायहरुबीच नै छलफल, संवाद, अन्तरक्रिया गर्न आवश्यक छ, संस्थागत हिसावले  पनि जरुरी छ, एउटाले  आर्थिक कोणबाट हेर्छ, अर्कोले सामाजिक कोणबाट हेर्छ, कसैले विभागिय दायित्वको कोणबाट हेर्छ, राष्ट्रको कोणबाट कसले हेर्ने ? यस अर्थमा चाहीँ राष्ट्रको कोणबाट हेर्ने नीतिगत सोच आवश्यक छ भन्ने मलाई लाग्दछ ।’

साथै, उनले रेलका संक्रमणका बारेमा जुन नीति बनेको छ त्यो नीति सक्षम नरहेको बताए ।  उनले सक्षम बनाउन रेल्वे नीति तत्काल बनाउन आवश्यक रहेको बताए ।