रेडियो नेपालका प्रथम गायक रिमालको शतवार्षिकी मनाईयो
वि.सं.२०८१ असोज २ बुधवार १४:१७
1.37K
shares
shares

राजधानीमा रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाईएको छ ।
बुधवार उनको शतवार्षिर्कीको अवसर पारेर राष्ट्रिय नाचघर जमलमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सव २०८१ मा विभिन्न विधाका विजयी कला तथा पत्रकारीता क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेर उनको शतवार्षिकी एवम समापन कार्यक्रमको आयोजना गरिएको हो ।
स्व. रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आईतबारबाट आयोजना गरेको तीनदिने नाटक महोत्सवको विजयीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।











