मन्त्री प्रकाशनमान सिंहद्वारा धरहराको निरीक्षण
वि.सं.२०८१ असोज २ बुधवार १४:२७
shares

उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशनमान सिंहले धरहराको निरिक्षण गरेका छन् । बुधबार मन्त्री सिंहले काठमाडौंको सुन्धारा स्थित धरहराको निरिक्षण गरेका हुन् ।
निरिक्षणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘यसको तयारी प्राय सबै कम्पोनेन्टहरु सम्पन्न भइसकेको छ तर पनि अरु पूरै भएको छैन । खासगरेर हामीले संविधान दिवसको उपलक्ष्यमा धरहरालाई अप्रेशनमा लैजानको लागि कसरी सञ्चाल गर्ने भन्ने कुरा पछि हुन्छ । अहिले चाँही केही समयको लागि आम जनताले पनि धरहरा बनेको यत्तिका वर्ष भयो चड्न पाउँ भन्ने इच्छा छ नि त्यसैले पनि सञ्चालन गर्न लागेका हौं, एक दिन अगाडि नै अनलाइन बुकिङ्ग गरेकालाई मात्र चढ्न दिने प्रावधान छ ।’
साथै, उनले अहिलेको लागि निशुल्क रुपमा धरहरा चड्न सकिने बताए । उनले नियमावली कार्यविधि भैइसकेपछि मात्र कसरी सञ्चालन गर्ने भन्ने कुरा पछि सार्वजनिक गरिने बताए । संविधान दिवसको अवसर पारेर धरहरा बिहीबार सर्वसाधारणको लागि खुला हुँदैछ ।











