‘संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको छ’ : प्रधानमन्त्री
न्युज इन नेपाल
वि.सं.२०८१ असोज ३ बिहीवार ०५:३०
1K shares
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको पूर्ण उपयोग गर्दै भविष्यलाई सुरक्षित गर्न आवश्यक भएको बताएका छन्।
आज संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्दै उनले दशकौंको संघर्ष र सयौंको बलिदानको परिणामस्वरूप जनता आफैंले तय गरेको शासन प्रणाली र संविधानसभाले तयार गरेको संविधानको महत्त्वलाई प्रकाशमा ल्याए।
“संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको छ। यसले विभिन्न विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूको संरक्षण गर्छ। यसको रक्षा गरेर मात्र हामीले पाएको अधिकारको सुरक्षा गर्न सक्नेछौं,” उनले भने।
साथै, “जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले बिर्सनु हुँदैन। यो स्वतन्त्रता गुमेको दिनको अनुभवले हाम्रो मनमा निरङ्कुशताको दुई दशक अगाडिको छवि उभ्याउँछ।