मन्त्रिपरिषद्को बैठक : सचिवहरूको सरुवा र बढुवा

1.27K
shares

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको सरुवा र बढुवाको निर्णय गरेको छ । बैठकले चार सचिवको सरुवा गरेको छ ।
कृषि मन्त्रालयका डा.दीपक कुमार खराललाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।

वनका डा.गोविन्द शर्माको कृषि मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै, उर्जा मन्त्रालयका गोपाल प्रसाद सिग्देलको जल तथा उर्जा आयोग तथा आयोगमा कार्यरत सुरेश आचार्यलाई उर्जा मन्त्रालयमा जिम्मेवारी दिइएको छ ।

बरिष्ठतम् सहसचिव कमल पोखरेलको सचिवमा बढुवा भएको एक मन्त्रीले जानकारी थिए ।
त्यस्तै, सहकारी छानविन समितिको प्रतिवेदन कार्यान्वायन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।