प्रधान सेनापति र भारतका राजदूतबीच भेटघाट
वि.सं.२०८१ असोज ४ शुक्रवार ११:११
2.21K
shares
shares

प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ ।
शुक्रबार उनीहरूबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।
उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।




