संविधान संशोधन गर्न खोजे अर्को जनआन्दोलन निम्तिने झलनाथको चेतावनी
वि.सं.२०८१ असोज ४ शुक्रवार ११:३७
shares

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेस एमालेले संविधान पश्चमागी ढंगले संशोधन गरे देशमा अर्को जनआन्दोलन निम्तिने चेतावनी दिएका छन् ।
पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधनको नाममा प्रगतिशील पक्षलाई हटाउन खोजे सह्य नहुने भन्दै यो संविधान एउटा सम्झौताको संविधान भएको बताए ।
उनले भने, ‘संविधानभित्र पूँजीवाद पनि छ, समाजवाद पनि छ । यो संविधानमा रहेका समाजवादी पक्षधरलाई कसैले तलमाथि गर्छ भने हामी त्यसकाविरुद्ध फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौँ । यो संविधानको रक्षाको लागि । केही काम नलाग्ने कुरा पनि छ । तर, संविधानलाई संशोधन गर्नुपर्छ भनेर ठूला पार्टीहरूले चलाइरहेका छन् । संविधानमा भएका प्रगतिवादी कुराहरूमध्ये कुनै पनि कुराहरूलाई पश्चगामी ढंगले संशोधन गर्ने प्रयास गरिन्छ भने त्यसमा यो देशमा अर्को जनआन्दोलन निम्याउँछ । दुई ठूला पार्टीहरुले आशा नगरेपनि हुन्छ ।’
सम्मानित नेता खनालले पार्टीलाई नयाँ ढंगले निर्माण गर्नुको विकल्प नरहेको पनि बताए ।




