घनश्याम भुसालले भने – माओवादी हरेक दिन कमजोर बन्दैछ, अब कुनै प्रयोग काम लाग्दैन

गुटले सिद्धिसक्याे कांग्रेस, ओलीको हनुमान नाचले एमाले बौरियो

1.63K
shares

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै गएको दाबी गरेका छन् ।पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देश सभामा बाेल्दै  उनले अब माओवादी कुनै प्रयोग काम नलाग्ने भन्दै माओवादी माओ को माओवादी नरहेकाे बताए ।

उनले भने, ‘माओवादीले एकपछि अर्को प्रयोग गर्छ, अब माओवादी एक्लैले माओवादभित्रै रहने प्रयोगहरुले माओवादीलाई हरेक दिन तल लैजान्छ । हरेक दिन कमजोर बनाउँदै क्रान्तिबाट टाढा बनाउँदै लान्छ । माओवादी अब  माओ को माओवादी रहेनन् । आजको स्थिति त्यो छ ।’

उनले कांग्रेस आफैं बलियो हुने पार्टी नभएको भन्दै अरु कमजोर हुँदामात्रै बलियो हुने पार्टी भएकाे बताए । उनले कांग्रेस सकिसकेकाे भन्दै आफ्नो नीति र सिद्धान्त नभएको कांग्रेसअब गुटको महासंघको रुपमा मात्र  रहेको टिप्पणी गरे ।

नेता भुसालले ओलीलाई भविष्यमा समेत राजनीति गर्न अयोग्य भनेर नालायक सावित गर्न सक्नुपर्नेमा अहिले नेता भएर हिँडिरहेको बताए ।