अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एकहप्ता अघि खुलाउने
वि.सं.२०८१ असोज ५ शनिवार ०७:२७
1.44K
shares
shares

दसैंको अवसरमा अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक हप्ता अघि उपलब्ध हुनेछ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यसबारे जानकारी दिए।
“घटस्थापनाभन्दा एक हप्ता अघि टिकट बुकिङ खुलाउने योजना छ,” उनले भने। “हाल हामी सडक मर्मत र सुरक्षा उपायहरूको विषयमा भौतिक पूर्वाधार र यातायात मन्त्रालयसँग गृहमन्त्रालयमा छलफल गरिरहेका छौँ। तत्काल टिकट खुलाउनु सहज छैन, किनकि सडकका धेरै स्थानमा मर्मत आवश्यक छ। मर्मत कार्य पूरा भएपछि मात्र अग्रिम टिकट बुकिङ प्रक्रिया अघि बढाइनेछ।”
अध्यक्ष स्वाँरले चाडपर्वका समयमा यात्रा सजिलो बनाउन विभिन्न राजमार्गहरूमा हेल्प डेस्क राख्ने योजनाबारे पनि चर्चा भइरहेको बताए।













