सहकारी बचत अपचलन छानबिन समिति : कारबाही प्रक्रिया अघि बढ्ने
न्युज इन नेपाल
वि.सं.२०८१ असोज ५ शनिवार ०७:०७
1.63K shares
सहकारी बचत अपचलन सम्बन्धी छानबिन गर्न गठन गरिएको समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढाउने कुरा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले बताएका छन्।
आज (शनिबार) काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा समसामयिक विषयमा छलफल गर्दै निधिले भने, “विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ, त्यसैले सरकारले कारबाही प्रक्रिया अघि बढाउनेछ।”
निधिले रास्वपाकका कतिपय नेताहरूले दोषी ठहर गरिएका लामिछानेलाई क्लिन चिट दिएको भन्ने भ्रम फैलाउने प्रयास गरेको आरोप पनि लगाए। उनले थप प्रश्न गरे, “त्यसो भए के घाँस काट्नेलाई हत्कडी लगाउने त?”