‘युवालाई समाज सेवाप्रति आकर्षित गराउन परिषद्ले भूमिका खेल्नुपर्छ’

  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले समाजसेवा विकासोन्मुख देशका लागि मेरुदण्ड भएको बताएका छन् ।

    आइतबार सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले समाज सेवामा नागरिकहरुको आकर्षण नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्न परिषद्ले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताए ।

    उनले भने, ‘समाजसेवा विकासोन्मुख देशका लागि एउटा मेरुदण्ड हो । समाजको सेवा र रुपान्तरण सभ्यताको प्रतिक हो । हामी सबै जना समाजका एक अंश हौँ । समाज हाम्रो मूल्य र मान्यताको धरोहर हो । समाजसेवामा नागरिकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाजसेवाप्रति अभिप्रेरित गर्नका निम्ति समाज कल्याण परिषद्ले समाजसेवा दिवस मनाउने गरेको हो । यो दिवस सबै सामाजिक संघ संस्था एवं समाजसेवीहरुको राष्ट्रिय पर्वको रुपमा विकसित हुँदै जानुपर्दछ भन्ने विश्वास लिएको छु ।’

    सामाजिक संघ संस्थाहरु समाजप्रति उत्तरदायी र जवाफदेही हुनेगरी परिषद्को काम कारबाही प्रष्ट र पारदर्शी बनाउन निर्देशन दिए ।

    उनले सरकारले परिषद्लाई थप जिम्मेवार बनाउन समाज कल्याण परिषद्को संरचना अधिकारको बाँडफाँटसहित संघ, प्रदेश र स्थानीय तहहरुसम्म विस्तार गर्ने गरी समाज कल्याण ऐनलाई समसामयिक परिमार्जन र संशोधनको तयारी गरिरहेको उल्लेख गरे ।

     

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation