कानून, न्याय तथा संसदीय ममिलामन्त्री अजयकुमार चौरसियाले भौतिक संरचना सञ्चालनका लागि कानून मन्त्रालयले सर्वोच्च अदालतको निकायसँग सम्बन्ध स्थापित गरिरहेको बताएका छन् ।
आइतबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले भौतिक संरचना सञ्चालनको मुख्य सवाल रहेकाले अदालतसँग पनि छलफल गरेर अगाडि बढिरहेको बताएका हुन् ।
उनले भने, ‘भौतिक संरचना सञ्चालनका लागि कानून मन्त्रालयले सर्वोच्च अदालत लगायतको निकायसँग सम्बन्ध स्थापित गरिरहेको छ । सञ्चालनकै मुख्य सवाल रहेकाले सरकारसँग पनि छलफल गरेर त्यसमा पनि के गर्न सकिन्छ गृह मन्त्रालय र महिला मन्त्रालयसँग पनि कुरा गनुपर्ने अवस्था छ । ’
यस्तै उनले नयाँ कानून संशोधनको क्रममा समितिका सांसदहरुसँग छलफल गर्नुपर्ने बताए । उनले बलात्कार सम्बन्धिको मुद्दामा कुन जबरजस्ती हो कुन मन मिलेर हो त्यसमा पनि कानून संशोधन गनुपर्ने बताए ।
‘संविधानलाई कार्यान्वयन गर्दा कहाँ कहाँ कठिनाई छ के के संशोधन गर्दा कुन कुन कानून बनाउँदा सशक्त रुपले आम मान्छेले आफ्नो अधिकारलाई प्रयोग गर्न पाउँछन् । त्यसका लागि मन्त्रालयमा छलफल पनि गरेका छौं । ’