दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्यो अस्वीकार

1.95K
shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुना मुक्तकाे आदेश दिन सर्वोच्च अदालतले  अस्वीकार गरेको छ।

साइबर क्राइमको अभियोगमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका प्रसाईंलाई थुनामुक्तको आदेश माग्दै छोरा निराजन प्रसाईंले दायर गरेका बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिन  अस्वीकार गरेको हो।

प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै भावी प्रधान न्यायधिशका रुपमा सिफारिस भएका राउतको इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको छ।

काठमाडौं जिल्ला अदालतलाई प्रसाईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।