मगमग बासना छर्दै कस्तुप पन्त (भिडियो सहित)

1.42K
shares

‘धोका दिनेलाई के भनौ र खै तिमी हाँस भो मै बसुला रोई’ सायद यो गीत नसुन्ने कुनै नेपाली छैनन् होला, लोकप्रिय सर्जक कस्तुप  पन्तको सर्बाधिक सफल गीत हो । हुन त त्यो भन्दा अघिनै चर्चित गीत ‘अङ्गुर अमिलो’बाट आफुलाई नेपाली लोक संगितको एउटा आयम बन्ने खुला चुनौती पेस गरेका पन्त नेपाली संगीतकाे ईतिहास लेख्ने लक्ष्यमा दौडिरहेका  हरेक महिना जस्तो लोक तथा आधुनिक संगितलाई बजारमा ल्याउने गर्थे ।

‘एकोहोरो हुँदै थिए म’ भन्दै त कहिले ‘झुटो रैछ यो संसार’ भन्दै दर्शक श्रोता सामु आफुलाई उभ्याउथे कहिलेकाही बिर्सेंको त छैन मैले भन्थे त कहिले तिमी हाँसे पुग्छ  भन्दै  सुगम संगितमा समेत आफ्नो बर्चस्व कायम गरेका छन् ।

यसैक्रममा केहि दिन अगाडि मात्र बद्री पंगेनी र रचना रिमालको स्वर रहेको लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक भएकाे छ । जसमा कस्तुप पन्तको शब्द तथा संगीत तथा एचबिएन किस्मतको एरेन्ज रहेको छ ।

मनमाेहक दृश्य समावेश गरिएकाे म्युजिक भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय हेर्न पाइन्छ । त्यस्तै, प्रशान्त मगरको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको छायांकन भने दिनेश पराजुलीले गरेका छन् । दीपक विष्टले सम्पादन  गरेका यस म्युजिक भिडियो कस्तुपकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएकाे हाे ।

गीत:-