आफ्नो प्रतिस्पर्धा समाज सुधारका लागि भएकाेआशिका तामाङको दाबी

455
shares

ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनकी अध्यक्ष आशिका तामाङले आफूले सामाजिक अभियन्ताको रुपमा विगत केही वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताएकी छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले विकृति, विसंगतिविरुद्ध आफूले विभिन्न कामहरु गर्दै आएको बताएकी हुन् ।

आशिका फाउन्डेशनको उक्त अभियानमा लाखौं मानिसहरुको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागिता रहेको उनको दाबी छ । देशको राजधानीदेखि विभिन्न जिल्लाहरुमा आशिका फाउन्डेसनले विविध सामाजिक कार्य सञ्चालन गर्दै आएको उनले सुनाइन् ।

उनले भनिन्,‘वतावरण संरक्षण, सम्बर्द्धन, जलवायु परिर्वतनलगायतका विषयमा जनचेतना जगाउन्, वृक्षारोपण, सरसफाइ र डस्टविन राख्ने जस्ता मुख्य कार्य फाउन्डेशनले गरेको छ । समाजमा रहेका विकृति, विसंगती र व्यथितिको अन्त्य र शुसासनका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया तथा खबरदारी कार्य पनि गर्दै आइरहेको छु । ’

त्यस्तै, जटिल रोगबाट विरामी परेका मानिसहरुको उपचारमा आर्थिक सहयोग पनि गरिँदै आएको उनले बताएकी छन् । आफूहरुले सञ्चालन गर्दै आएको सामाजिक अभियान कसैसँगको प्रतिस्पर्धा नभई एक विशुद्ध सुधारको अभियान रहेको उनले बताइन् ।