‘गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती’
वि.सं.२०८१ असोज १० बिहीवार ११:३२
shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो मिडिया शिखर सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुलाई ज्ञान आदानप्रदानको अवसर दिएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उनले दुई देशको सम्बन्ध पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती, शिक्षा आदान प्रदानसम्म फैलिएको भन्दै यो सम्मेलनले सम्बन्ध विस्तारमा थप सहयोग गर्ने बताएका हुन् ।
उनले भने, ‘पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती र शिक्षा आदान प्रदानसम्म हाम्रो सम्बन्ध फैलिएको छ । दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन समय समयमा दुई देशका उच्च स्तरिय भ्रमणहरु भईरहेको छ । आगामी दिनमा पनि यो शिलशिला अगाडि बढ्ने आशा गरेको छु । यो सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुको लागि लाभ दिनुको साथै ज्ञान आदानप्रदानको अवसर दिने छ । नेपालका सञ्चार माध्यमहरुबीच सहयोग आदानप्रदानलाई प्रवद्र्धन गर्ने र दुई देशका नागरिकबीचको मित्रतालाई थप प्रगाढ बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना भइरहेको हुनाले यो आफंैमा एकदमै महत्वपूर्ण छ ।’
यसको साथै, उनले स्वच्छ, जिम्मेवार पात्रकारिताको विकासलाई सरकारले मुख्य उद्देश्यको रुपमा राख्दै पूराना नीति कानूनलाई परिमार्जन गरि समयसापेक्ष कानून निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको बताए ।












