पक्राउ परेका पूर्वसांसद ढाका श्रेष्ठ धरौटीमा रिहा

  • लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाका कुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

    न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

    गत भदौ २७ गते श्रेष्ठलाई लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको थियो ।

     

     

     

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation