पक्राउ परेका पूर्वसांसद ढाका श्रेष्ठ धरौटीमा रिहा

1.25K
shares

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाका कुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

गत भदौ २७ गते श्रेष्ठलाई लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको थियो ।