सप्तकोशीमा खस्यो यात्रुवाहक बस, यात्रुको सकुशल उद्धार

1.26K
shares

विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर  सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार  बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको हाे ।

१२ जनालाई सकुशल बाहिर निकालिएको र उपचारको लागि अस्पताल पठाएको सुनसरी प्रहरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बसमा सवार थप दुई जनाको अवस्था भने अज्ञात रहेको र उनीहरुको खोजी भइरहेको भण्डारीको भनाइ छ।