पहिरोमा परी भक्तपुरमा गर्भवती महिलासहित ३ जनाको मृत्यु
वि.सं.२०८१ असोज १२ शनिवार ०८:०१
923
shares
shares

भक्तपुरको पसालेमा पहिरोले टहरो पुरिंदा तीन जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार शनिबार बिहान साढे दश बजे अविरल वर्षाको कारण माथिबाट पहिरो खसेर टहरो बगाउँदा उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालिकोट स्थायी घर भएकी २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम, १४ वर्षीया मनिषा शाही छन् । दमिला गर्भवती अवस्थामा थिइन् । कालीकोटका उनीहरू जग्गा भाडामा लिइ टहरो बनाएर बसेका थिए ।












