काठमाडौं उपत्यकाका तीन जिल्लामा बाढीबाट २१ जनाको मृत्यु, ६ बेपत्ता
वि.सं.२०८१ असोज १२ शनिवार ०८:०३
shares

शुक्रबारदेखि निरन्तर परिरहेकाे वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा अहिलेसम्म २१ जनाको मृत्यु भएको छ । काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रहरीका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने ६ जना बेपत्ता छन् । काठमाडौंमा २२६ घर डुबानमा परेका छन् भने नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको उपत्यका प्रहरी कार्यालयले जाानकारी दिएकाे छ ।
ललितपुरका अधिकांश स्थानहरु डुबानमा परेकाे छ । नखिपोटमा शनिबार बिहान ४ जना बेपत्ता हुदा तीन जनालाई प्रहरी र स्थानीय मिलेर उद्दार गरी पाटन अस्पताल पुर्याइएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।
यस्तै, भक्तपुरमा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन् । भक्तपुरमा पनि अधिकांश स्थानमा पानी पसेको छ भने प्रहरी उपरीक्षकको कमाण्डमा १२० जना प्रहरी परिचालित छन् ।













