कुलेखानी ड्याम खोल्दा सिस्नेरीको ३० घर बगायो

884
shares

अविरल वर्षाका कारण कुलेखानी ड्यामको जलस्तर बढेपछि खोलिएको ड्यामको कारण सिस्नेरी खोलामा आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।

सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए ।

बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । बाढिले मानविय क्षती भने नभएको प्रहरीको भनाई छ ।