काठमाडौंबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना
वि.सं.२०८१ असोज १४ सोमवार ०८:२३
949
shares
shares

काठमाडौंबाट पोखराका लागि जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनामा परेको छ।
सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटस्थित सडकबाट अन्दाजी ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए।
ग १ ख ४५३५ नम्बरको गाडी खसेर रूखमा अड्किएको हो।
दुर्घटनामा घाइते भएका १२ जनालाई काठमाडौंको ग्रिनसिटी अस्पतालमा ल्याइएको छ।













