एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पुरुष टिम लगातार दोस्रो हार

1.18K
shares

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको पुरुष टिमले दोस्रो पराजय व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल बहराईनसँग ७–२७ को स्कोरमा पराजित भएको हो ।  यसअघि नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो ।

यस्तै, नेपालको महिला टिम पनि आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो ।  महिला टिमले शुक्रबार नै ग्वाम र उज्वेकिस्तानसाग प्रतिस्पर्धा गर्नेछ भने पुरुष टिमको शुक्रबार अन्य खेल भने छैन ।

यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो ।

चाईनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो ।

पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो ।  पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो ।

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।