संघीयता बुझेका नेता नै छैनन् नेपालमा : डा.वाग्ले

1.29K
shares

संघीयता विज्ञ डा.अच्युत वाग्लेले नेपालका कुनैपनि राजनीतिक दलमा संघीयता बुझेका एकजना पनि नेता नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा.वाग्ले नेपालको संविधानमा समन्वयात्मक संघीयता उल्लेख गरिएको भएपनि त्यस्तो ‘छेस्को’समेत लागु नभएको बताएका हुन् । संघीयताका विषयमा व्यापक छलफल गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘कुनैपनि राजनीतिक दलमा संघीयता भनेको के हो भनेर राम्रोसँग जानकारी भएको मान्छे एकजना पनि छैनन् । कोहीभए देखाइदिनुस् न मलाई । हाम्रो संविधानमा तीनै तहको सरकारलाई कोअपरेटिभ फेडेरेलिज्म भनेको छ । त्यो भनेको हामीले अभ्यास गरिरहेका छौं त्योभन्दा विल्कुलै फरक विषय हो । हामी कहाँ त समन्वयतमक संघीयताको छेस्को पनि छैन । यस विषयमा कहीं पनि बहस भएको छैन । राजनीतिक दलको घोषणापत्रमा बहस भयो कि ? पार्टीको बैठकमा बहस भयो ?’

स्थानीय तहहरुलाई अधिकारपुर्ण बनाएर सोही अनुसारको काम कारबाही प्रदान गर्नुपर्ने वाग्लेले बताए । त्यस्तै, उनले सामाजिक सुरक्षा वितरण अस्वभाविक भएको उल्लेख गरे ।

मान्छेकोआर्थिक हैसियतको आधारमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।