सहकारीको रकम अपचलनमा संलग्नता नभेटिएपछि षड्यन्त्र गर्न खोजेको रविकाे दाबी
वि.सं.२०८१ असोज १८ शुक्रवार ०९:०३
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको समस्या समाधानमा भन्दाआफूलाई फसाउनको लागि राज्यकाे सबै संरचनाको प्रयोग गरेको दाबी गरेका छन्।
निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइको क्रममा सहकारीको समस्या समाधानमा आफूले मन्त्रिपरिषद्बाट निर्णय गराइसकेको अवस्थामा सरकार ढालिएको बताए।
उनले भने, ‘छानबिन समितिमा कसैको ध्यान त रवि लामिछाने मात्रै थियो। तर, पनि राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ।’ उनले थप भने, ‘मैले कसैको पैसा ठगेको छैन। अहिले पनि प्रतिवेदनको पाना पल्ट्याएर कुन न्यायाधीशसँग कुन वकिलसँग कुन ठाउँमा कुन क्षेत्रमा बहस गर्नुपर्छ तयार छु। गलत ढंगले फसाउन खोजेर सकिन्न। दुई वर्ष लगाएर सक्नुभएन अझै खोज्नुस्। अनुसन्धानमा सघाउँछु।’
उनले आफूले सहकारीबाट रकम ल्याएको प्रमाण छ भन्नेहरूले दिए चितवनबाटै राजनीति छाडेको घोषणा गरेर फर्किने बताए।













