राहत वितरणमा चिनियाँ कम्युनिष्ट पार्टीको सक्रियता

1.24K
shares

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपालमा आएको बाढी प्रकोपका लागि आपतकालीन राहत कार्य सुरु गरेको छ ।

शुक्रबार चीनको राष्ट्रिय दिवसको ७५औँ वार्षिकोत्सवको अवसरमा विभागले नेपालमा बाढी प्रकोपमा परेकाहरुको लागि आपतकालीन राहत कार्य सुरु गरेको हो ।

काठमाडौं महानगरपालिका–१२ स्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा भएको एक कार्यक्रममा राहत कार्यक्रमका विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ जिन, नेपालका प्रमुख राजनीतिक दलका प्रतिनिधि, चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल कार्यालयका कर्मचारी र साझेदारहरू, स्थानीय बासिन्दा र सरकारी अधिकारीहरू सहभागी थिए ।

कार्यक्रम अन्तर्गत आकस्मिक विपत्तिमा परेका प्रभावित ६० घरधुरीलाई किट र खाद्य सामग्री वितरण गरिएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले गरेको आपतकालीन राहत कार्यको प्रसंशा समेत भएको छ ।