सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
वि.सं.२०८१ कात्तिक १२ सोमवार १२:२४
1.01K
shares
shares

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रूपैयाँले घटेको हो । आज सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ ।
आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोवार भइरहेको छ ।










