
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी अपचलनमा जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीप्रति लक्षित अभिव्यक्ति दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमा स्टाटश लेख्दै महामन्त्री थापाले लामिछाने र अधिकारी प्रति लक्षित स्टाटश लेख्दै गल्ती गर्नेले सजाय भोग्नुपर्ने जिकिर गरेका हुन् । उनले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमा स्टाटश लेख्दै कानुन विपरीत काम गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । उनले कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छ भन्दै यहीँ नै कानूनी शासनको मान्यता भएको समेत उल्लेख गरेका छन् ।
थापाले सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, नयाँ होस् की पुरानो होस् सबै कानुनी दायरामा आउनुपर्ने र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्ने जिकिर समेत गरेका छन् ।
थापाले कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढङ्गले हेर्न नपाइने समेत जिकिर गरेका छन् ।
गगन थापाले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस आफ्नो मान्यता र विश्वास नबदलिने उल्लेख समेत गरेका छन् ।
थापाले लेखेका छन् :
कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छ’ कानुनी शासनको मान्यता यही हो ।
कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ ।
सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ । सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ ।
कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढङ्गले हेर्न पाइँदैन । यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो । म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन ।
भिडिओ हेर्नुहोस् :