यु-१९ महिला टि-२० विश्वकप : यूएईले नेपाललाई १३ रनले हरायो

2.24K
shares

जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार ब्यहोरेको छ ।

शनिबार युनाइटेड अरब इमिरेट्स युएईको अजमानस्थित द सेभेन स्टेडियममा भएको खेलमा घरेलु टोली यूएइले नेपाललाई १३ रनले हराएको हो ।

यूएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौं रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४३ बलमा ५ चौकाको मद्धतले सर्वाधिक ४८ रन बनाएकी हुन् ।

यस्तै, नेपालका लागि साना प्रवीण र सोनी पाख्रीनले समान १९/१९ रन बनाए । ज्योत्स्निका मरासिनीले ११, सावित्री धामीले ७ र एलिशा कुमारी यादवले तीन रन बनाइन् ।

नेपालले अतिरिक्त तीन रन पायो ।

यूएईको लागि इन्धुजा नन्दकुमार, लावन्या केनी र मेहक ठाकुरले समान एक/एक विकेट लिए ।

तस्वीर स्रोत : क्यान