आइसिसी यु-१९ महिला टि-२० विश्वकप : युएईले दियो नेपाललाई एक सय २३ रनको लक्ष्य

2.46K
shares

आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय २३ रनको लक्ष्य दिएको छ ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको हो ।

यूएईका लागि रिनिथा रन्जितले सर्वाधिक ४८ रन बनाइन् । उनले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाएकी हुन् ।

यस्तै, यूएईको लागि लावन्या केनीले २०, इन्धुजा नन्दकुमारले १२, समाइरा धरनिधर्कले ८, अल मसीरा जहाँगीरले ६ रनको योगदान दिए । ऋषिता राजित र अवनी सुनिल पाटिलले समान ९/९ रन बनाए ।

यूएईले अतिरिक्त १० रन प्राप्त गरेको हो ।

नेपालका लागि रिया शर्माले सर्वाधिक तीन विकेट लिइन् । पूजा महतो, कृश्मा गुरुङ र सीमा केसीले समान एक/एक विकेट लिए ।