आइसीसी यु-१९ महिला टि-२० विश्वकप : नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने

1.43K
shares

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको चौथों खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा आइतबार जारी खेलमा नेपालले टस जितेर थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो चौथौं खेल हो । नेपालले यसअघि दुई खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ ।