कोसीका पूर्वमन्त्री अधिकारीमाथि अनुसन्धान गर्न अदालतले दियो प्रहरीलाई २ दिनको म्याद

2.54K
shares

काठमाडौं जिल्ला अदालतले कोसी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीलाई २ दिनको म्याद दिएको छ ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले अधिकारीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।