यु-१९ महिला टि-२० विश्वकप : नेपालले थाइल्याण्डलाई दियो १४० रनको लक्ष्य
वि.सं.२०८१ कात्तिक २५ आइतवार १७:०१
shares

आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको चौथों खेलमा नेपालले थाइल्याण्डसामु एक सय चालिस रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन स्टेडियममा आइतबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको हो ।
नेपालको लागि साना प्रवीणले सर्वाधिक ५३ रन बनाइन् । उनले ४६ बलमा ७ चौकाको मद्धतले ५३ रन बनाएकी हुन् ।
यस्तै, सावित्री धामीले २८ रनको योगदान दिइन् । उनले सो क्रममा एक चौका समेत प्रहार गरिन् । सोनी पाख्रीनले तीन चौकाको मद्धतले १९ रन, त्रिसना विश्वकर्माले ९, ज्योत्स्निका मरासिनीले ७ रन, रचना कुमारी चौधरीले ५ रन र पूजा महतोले ४ रनको योगदान दिइन् ।
त्यस्तै, एलिशा कुमारी यादव र रिया शर्माले समान एक÷एक रन बनाए । नेपालले अतिरिक्त १२ रन प्राप्त गर्यो ।
थाइल्याण्डको लागि नाथरिका थोकोईले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै, केसिनी काउजुम्फोलले दुई र कुरानित सुवान्चोराथीले एक विकेट हात पारिन् ।
तस्बिर स्रोत : क्यान












