रास्वपाको पत्रकार सम्मेलन स्थगित

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन घोषणाको मिति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

    बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलन गर्ने भने पनि विशेष कारण बस स्थगित भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ ।

    यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो ।

    उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वपाको ठम्याइ छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation