यु-१९ महिला विश्वकप एसिया छनोट : अन्तिम खेलमा युएईसँग भिड्दै नेपाल

1.94K
shares

आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युएईसँग भिड्दै छ ।

प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले अहिलेसम्म चार जित र एक हारको सामना गरेको छ।

विश्वकपमा छनोट हुन आजको खेलमा यूएइलाई पराजित गर्नैपर्ने दबाबमा नेपाल छ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो। तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि १०६ रनले र पाँचौ खेलमा मंगलबार नेपालले कुवेतविरुद्ध १६५ रनको जित हासिल गर्न सफल भएको थियो।

पाँच खेल खेल्दा एक हार र चार जितसहित नेपालले ८ अंक जोडेको छ।

खेल नेपाली समयानुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ ।